नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता

User Image Prime TV News १० महिना अगाडि
Image of नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले बुधबार पार्टीलाई दर्ताको प्रमाणपत्र प्रदान गरेको छ। पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव चयन भएका छन्। रेशमलाल चौधरीले पार्टी गठन गर्दा व्यक्तिगत कारणले पनि प्रभाव पारेको बताए। श्रीमती रन्जिता श्रेष्ठसँगको विवाद पछि उनले छुट्टै पार्टी बनाउने निर्णय गरेका हुन्।

चौधरीले नयाँ पार्टीको उद्देश्य हरेक नागरिकलाई राज्यमा सहाभागी बनाउने र नेपालमा छुट्टै खालको राजनीतिक संरचना स्थापना गर्ने रहेको बताए।