क्षतिग्रस्त मतदानस्थल पुनःनिर्माण गर्न गृह मन्त्रालयलाई निर्देशन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै मतदानस्थल तयारी अवस्थामा राख्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
आयोगले गत भदौ २३–२४ गतेको आन्दोलन र असोजमा परेको बाढी–पहिरोका कारण क्षति पुगेका मतदानस्थल पुनःनिर्माणका लागि सबै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न निर्देशन दिएको हो।
पत्रमा आयोगले भनेको छ, “क्षति पुगेका मतदानस्थलको स्थलगत जानकारी संकलन गरी सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरी साविक मतदानस्थललाई मतदानको दिन तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउन।”







