केपी ओली बाहेक एमालेका सबै नेता हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

User Image Prime TV News १० महिना अगाडि
Image of केपी ओली बाहेक एमालेका सबै नेता हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका सबै नेताहरू क्रमशः आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान सँग भएको सहमति पत्रमा हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्।उनले भने, “केपी शर्मा ओलीले हावादारी कुरा गर्छन्। अहिले १२ वटा समूहहरू एक ठाउँमा आइसकेका छन्। एमालेका नेताहरू पनि बिस्तारै हाम्रो पार्टीतिर आउनेछन्।”

दाहालले हालसम्म १२ वटा राजनीतिक दल र समूहहरू एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टीमा आइसकेको जानकारी दिएका छन्। उनका अनुसार वामपन्थी शक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउने अभियान जारी रहेको छ।

गत कात्तिक १९ गते, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न वामपन्थी दल र समूहहरूले एकीकरण गर्दै नयाँ संरचना नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए। यो एकीकरणलाई नेपालको वाम राजनीतिमा पुनः एकता खोज्ने प्रयासका रूपमा हेरिएको छ ।