नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह, नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

User Image Prime TV News १० महिना अगाडि
Image of नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह, नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रुखो बोली र स्वेच्छाचारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

शाह आज भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुने कार्यक्रममा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन् । शाहले ओलीको पछिल्लो नेतृत्वशैलीले पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिलाई समाप्त पार्ने जोखिम बढाएको भन्दै कडा शब्दमा आलोचना गर्दै आएका छन् ।

साथै उनले ओलीको शासनशैलीलाई “स्वेच्छाचारी र निरंकुश प्रवृत्ति” को संज्ञा दिँदै इमान, जिम्मेवारी र जवाफदेहिताको अभाव भएको आरोप लगाए। शाहले ओलीभन्दा बढी नैतिकता पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले देखाएको उल्लेख गर्दै भने,“सिंहदरबारमा आगलागी हुँदा विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए, तर ओलीले हत्या र अव्यवस्थाको जिम्मेवारी लिने कुनै चिन्ह देखाएनन्।”

विद्यार्थी राजनीति हुँदै एमालेमा प्रवेश गरेका शाह अनेरास्ववियुको बाजुरा अध्यक्षदेखि एमाले जिल्ला कमिटी अध्यक्ष र दुईपटक केन्द्रीय सदस्यसमेत बनेका थिए ।