भीम रावलको आरोप: सत्ता स्वार्थ र अहंकारले नै नेकपा टुटायो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मातृभूमि जागरण अभियानका संयोजक तथा वरिष्ठ नेता भीम रावलले विगतमा बनेको नेकपा सत्ता स्वार्थ र व्यक्तिगत अहंकारकै कारण टुटेको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै “एक जनाको सत्ता लोभले ऐतिहासिक एकता विफल भएको” आरोप लगाए। एकता कार्यक्रममा बोल्दै रावलले भने, “एक जनाको सत्ता स्वार्थ र अहंकार विरोधी शक्तिसँग मिलेर भए पनि सत्तामा पुग्ने लालसाका कारण नेकपा ढलेको हो।
आज हामी फेरि नयाँ संकल्पसहित एक ठाउँमा उभिएका छौं।” रावलले विगतका गल्ती र कमजोरीहरूबारे आत्मसमिक्षा गर्न नेतृत्व तहलाई आग्रह गरे। उनले थपे, “जनयुद्ध र जनआन्दोलन दुवैले देशमा राजनीतिक चेतना र परिवर्तन ल्याएका छन्।
अब ती अनुभवलाई नयाँ दिशातर्फ मोड्ने बेला आएको छ।” एकता सभामा केपी ओलीको कडा आलोचना गर्दै नेता रावलले कम्युनिष्ट मुल्यमान्यतालाई सकेको आरोप लगाए । साथै उनले नेपाली कम्युनिषेट पार्टीलाई आगामी दिनमा बलियो बनाएर अघि वढ्नुको विकल्प नभएको बताए ।
एमाले भित्रका पनि राष्ट्रभक्त नेता तथा कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा आउन आब्हान गरे ।













