एमालेले मदन भण्डारीको अपमान गर्योः प्रचण्ड
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रक्रिया चुनाव जित्नको लागि मात्र नभई, देशको ऐतिहासिक आवश्यकता र संकटको सामना गर्नका लागि भएको बताएका छन्। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले भने, "इतिहासमा यति ठूलो संकट सायद कहिल्यै परेको थिएन। सुगौली सन्धिपछि यो स्थिति धेरै कठिन छ। यसैले यो एकता चुनाव जित्नको लागि होइन, राष्ट्र बचाउनका लागि गरिएको हो।"
प्रचण्डले उल्लेख गरे कि अहिलेको संकटलाई केवल राजनीतिक दृष्टिकोणबाट नहेरी, राष्ट्रिय अस्मिता र अस्तित्वको रक्षा गर्नको लागि सबै शक्ति एकजुट गर्नु पर्ने आवश्यकता छ। उनले भनें, "हामीलाई अहिलेको संकटबाट जोगिन र भविष्यमा स्थिरता ल्याउनका लागि गम्भीर र ऐतिहासिक कदम चाल्नु आवश्यक छ।"
उनले जेनजी आन्दोलनको प्रभावले पार्टीका पुराना विचार र संरचनामा नयाँ धक्का दिएको उल्लेख गर्दै, एकता प्रक्रिया चाँडो भएको बताएका छन्। प्रचण्डले युवा पुस्ताको सक्रियता र समाजमा आईरहेको परिवर्तनको अनिवार्यता यस एकतामा प्रमुख भूमिका खेलेको बताए ।
प्रचण्डले अब नयाँ राजनीतिक दृष्टिकोण र रणनीतिहरूसँग अघि बढ्नको लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्। यसै क्रममा, नेपालका राजनीतिक आन्तरिक चुनौती र परिवर्तनको आवश्यकता सँगै प्रचण्डले राष्ट्रिय मुद्दामा दलहरूबीच आपसी सहकार्य र सञ्जाल निर्माणको महत्त्वलाई पनि जोड दिएका छन्। साथै उनले यो पार्टी एकतालाई कायम राख्न जुन सुकै मुल्य चुकाउन तयार रहेको भन्दै केपी ओलीको कडा आलोचना गरेका थिए ।
एमालेले मदन भण्डारीको अपमान गरि रहेको दावी गर्दै प्रचण्डले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने प्रवृती एमाले हुन नसक्ने भन्दै पछिल्लो समय मदन भण्डारीको परिवारलाई समेत उपहास गरि रहेको बताए ।







