दुई जना पत्रकारलाई लाग्यो गोली


काठमाडौ । जेनजीको आन्दोलनमा दुई जना पत्ररकारलाई गोली लागेको छ । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर पत्रकारहरु दिपेन्द्र ढुंगाना,र श्याम श्रेष्ठ घाइते भएका छन् । फोटो पत्रकार उमेश कार्कीलाई भने छर्रा लागेको छ ।
पत्रकार श्रेष्ठको पाखुरामा गोली लागेको छ । घाइते श्रेष्ठ कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । यस्तै ढुंगाना नयाँ पत्रिकामा र कार्की नेपाल प्रेसमा कार्यरत छन् । उनीहरुको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्फ्यु लगाएपनि जेनजीहरुले संसद भवन बाहिर आन्दोलन जारी राखेका छन् ।