खापुङलाई विदेश भ्रमणमा रोक, आयोगको स्वीकृति बिना उपत्यका छोड्न नपाइने

User Image Prime TV News १ हप्ता अगाडि
Image of खापुङलाई विदेश भ्रमणमा रोक, आयोगको स्वीकृति बिना उपत्यका छोड्न नपाइने

काठमाडौ । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठन भएको आयोगले आजबाट सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार, खापुङले आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था गरिएको छ। यस निर्णयको उद्देश्य भनेको खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित गराउन सुनिश्चित गर्नु हो।

त्यसैगरी, आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण आयोगलाई उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। विवरण इमेलमार्फत वा आयोगको कार्यालयमा बुझाउन सकिनेछ। प्रवक्ता शर्माले भने, सम्बन्धित निकायमा पत्राचार गरेर खापुङलाई समेत यो निर्णयको जानकारी गराइनेछ।