बंगलादेशमा संसदीय चुनावसँगै जनमत संग्रह हुने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै फेब्रुअरीमा हुने संसदीय चुनावको दिन जनमत संग्रह पनि हुने जानकारी दिएका छन्।
उनका अनुसार जनमत संग्रहको मतपत्रमा मतदातालाई चार प्रश्नको उत्तर ‘हो’ वा ‘होइन’ मा दिन अनुरोध गरिनेछ। यो कदम गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्रको कार्यान्वयन गर्न उठाइएको हो।
तर, राष्ट्रिय लोकतान्त्रिक पार्टी (एनसीपी) ले बडापत्र कार्यान्वयनका लागि कानुनी रूपरेखा र आवश्यक ग्यारेन्टीको अभाव भएको भन्दै प्रश्न उठाएको छ।







