एनपीएल–२ का लागि टिकट बिक्री सुरु, मूल्यदर सार्वजनिक

User Image Prime TV News १० महिना अगाडि
Image of एनपीएल–२ का लागि टिकट बिक्री सुरु, मूल्यदर सार्वजनिक

काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग–२ का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको छ। मङ्सिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि दर्शकले अनलाइनमार्फत विभिन्न दरका टिकट खरिद गर्न सक्नेछन्। क्यानले जनरल र प्रिमियम गरी दुई वर्गका टिकट मूल्य तोकेको छ। ओपनिङ डे तथा शनिबारका खेलका लागि जनरल टिकट ५०० र प्रिमियम टिकट १,५०० निर्धारण गरिएको छ। साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट ५०० नै रहनेछ भने प्रिमियम टिकट १,००० पर्नेसमेत क्यानले स्पष्ट पारेको छ। सम्पूर्ण खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पासको व्यवस्था गरिएको छ। १५ हजार पर्ने सिजन पासमार्फत एनपीएल–२ का सबै खेल प्रवेशयोग्य हुने क्यानले जनाएको छ।