देशभर आज मौसम स्थिर, अधिकांश स्थानमा खुला आकाश

User Image Prime TV News १० महिना अगाडि
Image of देशभर आज मौसम स्थिर, अधिकांश स्थानमा खुला आकाश

काठमाडौ । आज देशका अधिकांश भूभागमा मौसम सफा र स्थिर रहने जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले देशभर सामान्यतया खुला आकाश रहने जानकारी दिएको हो।

दिउँसो कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रतर्फ आंशिक बदली देखिन सक्ने अनुमान गरिएको छ। यद्यपि मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा घाम लाग्ने र चरम परिवर्तन नदेखिने प्रक्षेपण महाशाखाले गरेको छ।

राति पनि देशभर मौसम स्थिर रहने विभागको आकलन छ। तर कतिपय पहाडी भूभागमा भने हल्का बदली रहने सम्भावना कायम रहेको बताइएको छ।