विश्वकप छनोट: घरेलु मैदानमै आयरल्यान्डबाट स्तब्ध पोर्चुगल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । विश्वकप २०२६ छनोटअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले कठोर हार बेहोरेको छ। घरेलु मैदानमा खेलेको पोर्चुगल आयरल्यान्डसँग २–० ले पराजित भयो। प्रदर्शन निराशाजनक मात्र होइन, निर्णायक क्षणमा गल्तीले खेल नै हातबाट गएको देखियो।
पहिलो हाफमै आयरल्यान्डले खेलको लय समाईसकेको थियो। १७ औँ मिनेटमा ट्रोय प्यारटले पहिलो गोल गरे। पोर्चुगलले त्यसपछि खेल सम्हाल्न खोजे पनि ४५ औँ मिनेटमा प्यारटकै अर्को प्रहारले घरेलु टोली फेरि झट्का खायो।
दोस्रो हाफमा जितका लागि आक्रमण बढाएको पोर्चुगल थप समस्यामा पर्यो ६१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डो रातो कार्ड खाई मैदान बाहिरिए। कप्तानकै अनुपस्थितिमा पोर्चुगलको रणनीति भत्कियो र टोली दबाब झेलिरह्यो।
यस नतिजासँगै आयरल्यान्डको विश्वकप छानिने आशा झन् प्रबल बनेको छ। जबकि समूह ‘एफ’को शीर्ष स्थानमा रहेको पोर्चुगल अब बाँकी खेल रोनाल्डो बिना खेल्नुपर्ने कठोर चुनौतीसँग जुध्दैछ।







