राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले ख्लाडीहरुलाई सम्मान गरिने छ ।
सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान १–१ लाख तथा जुनियर र पारा विधामा समान ५०–५० नगदसहित सम्मान गरिने छ । खेलकुद पत्रकार पुरस्कार विधामा समान १–१ पुरुष÷महिलालाई समान २०–२० हजार नगदसहित सम्मानित हुने छन् ।
त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४–४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ । सर्वोत्कृष्ट २ लाई समान २५–२५ हजार, उत्कृष्ट २ लाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २–२ लाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ ।
उत्कृष्ट खेल संघलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानिय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।
ज्ञानोदयको दोहोरो जित आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभल अन्तर्गत बास्केटबलमा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको ब्वाइज र गल्स दुवै टोलीले जित निकाले ।
ब्वाइजमा ज्ञानोदयले ओएसिस्लाई ३५–३२ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा सोनु पुरीले १२ अंक योगदान गरे । गल्समा नोसिका ढकालको १२ अंक सहयोगमा ज्ञानोदयले मल्पी सिटीलाई २६–७ ले सहजै हरायो ।
ललितपुरको खोकनास्थित आयोजक ज्ञानोदयको कभर्डहलमा भएको ब्वाइजको अन्य खेलमा मल्पी सिटी र भ्याली भ्युले सफलता पाए । मल्पी सिटीले क्रिएटिभ एकेडेमीलाई ४१–१५ ले पाखा लगायो । मल्पीका रौनक प्रधानाङले १८ स्कोर गरे । भ्याली भ्युले ओरेकल एकेडेमीमाथि ३९–११ को सहज जित दर्ता गर्यो ।
भ्याली भ्युका गणेश विष्टले १५ अंक बटुले । ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले बृहस्पति विद्या सदनलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। एलएका सुगत मगरले २ तथा रायडुहाङ राई, जिम्मी लामा र प्रवीण गौतमले समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो ।
स्वर्णिम र रिब्स फाइनलमा स्वर्णिम र रिब्स तेश्रो न्यु जेनिथ कप अन्तर्गत अन्तर् विद्यालय बास्केटबल प्रतियोगिताको गल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् । स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले पराजित गर्यो । विजयी टिमका लागि हिसी ल्हामु लामाले २१ अंक जोडिन् ।
रिब्सले राराहिललाई २७–१७ ले हरायो । विजेताकी लिस्का थापाले १२ स्कोर गरिन् । भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरे ।
ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगायो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३३ अंक बटुले । कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पन्छायो । कन्स्टिलेसनका रिडम नेपालीले २१ अंक जोडे ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको ३ उमेरसमूहको प्रतिस्पर्धामा भने यसअघि नै फाइनल समीकरण तयार भइसकेको छ । यु–११ मा चेल्सी वल्र्ड स्कुल र बेसिक लर्निङ तथा यु–१३ मा ब्राइट होराइजन र हार्टल्यान्ड एकेडेमी उपाधिका लागि भिड्ने छन् । यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजको सामना गर्ने छ ।
सबै फाइनल मंगलबार हुनेछ । जुडोकी कविता सम्मानित
नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सम्मान गरिएको हो ।
परीक्षा जोर्डनको अम्मानमा अगष्ट १५ देखि १९ तारिखसम्म भएको थियो । उपलब्धीसंगै कविताले एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएकी छन् । नेपालबाट यो उपलब्धी हासिल गर्ने कविता दोश्रो महिला तथा समग्र १३ औं निर्णायक हुन् ।
आईजेएफ कन्टिनेन्टल रेफ्री एक्जामिनेसन तथा सेमिनारका दौरान भएको परीक्षामा नेपालबाट राधादेवी राई र रवि चौधरीले सहभागिता जनाएकोमा कविता मात्र सफल भएकी हुन् ।
कवितालाई जुडो महासंघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।