जेनजी पुस्ताको प्रदर्शन र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे देउवाले गरे छलफल


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनका विषयमा छलफल गरेका छन् । देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले महामन्त्रीद्वयसँग देउवाले छलफल गरेको जानकारी दिदै उनले सभापतिले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनबारे कुराकानी भएको बताए ।
जेनजी पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो, सामाजिक सञ्जाल बन्दले गर्दा नजिकिएको चाडबाड र संगीत उद्योग एवं डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायी समेतलाई परेकोले सरकारी निर्णय फिर्ता गर्न सुझाव दिनुपर्ने बताएका थिए ।
यस अघि कांग्रेसको बैठकले पनि समाजिक संजाल रोक्ने निर्णय फिर्ता गर्न सरकारलाई आग्रह गरेको थियो ।