प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आयोगद्वारा दल दर्ता खुला
Prime TV News १० महिना अगाडि 
काठमाडौ । आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका तयारी तीव्र बन्दै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता प्रक्रियामा सहभागी हुन औपचारिक आह्वान गरेको छ।
आयोगले शुक्रबार दुई छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै दुवै निर्वाचनका लागि दर्ता मिति निर्धारण गरेको हो। आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता मंसिर १ देखि १० गतेसम्म खुलाइएको छ ।
त्यस्तै माघ ११ गते निर्धारण गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने मंसिर १ देखि ७ गतेसम्म दर्ता प्रक्रिया चल्नेछ। आयोगले दल दर्ताका लागि निवेदन दिनुपर्दा दलसम्बन्धी विवरण, दलको नाम दर्ता भएको मिति, तथा नियमअनुसार आवश्यक कागजात पूर्ण रूपमा प्रस्तुत गर्नुपर्ने उल्लेख गरेको छ।
यसैबीच फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुँदैछ। रिक्त हुने ती पदहरूको पूर्तिका लागि माघ ११ गते निर्वाचन तय गरिएको आयोगले जनाएको छ।







