रास्वपा छाडेका परियारलाई प्रवक्ताको शुभकामना
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारलाई रास्वपाले नयाँ यात्राको शुभकामना दिएको छ । पार्टी प्रवक्ता मनीष झालेले परियारले रास्वपा छाडेको जानकारी दिदै नयाँ यात्राको शुभकामना दिएका हुन् ।
पार्टी प्रवक्ता झालेले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद, साथै विघटित प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले पार्टी छोड्ने निर्णय गर्नु भएको छ। उहाँले राजनीतिक रूपमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजना बनाउनु भएको छ। आगामी यात्राका लागि उहाँलाई शुभकामना।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य परियारले आज मात्रै पार्टी छाडेका थिए ।







