सन्तोष परियारले नयाँ पार्टी गठन गर्ने, मानुषी यमी र सुदन किराँती सहभागी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन्।
उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेतासँग मिलेर नयाँ पार्टीको तयारी सुरु गरेका छन्। परियारले बताए अनुसार, नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी वा प्रगतिशील नागरिक पार्टी जस्ता विकल्पमा छलफल भइरहेको छ।
उनले भने, “अब नयाँ पार्टी बनाउँछौँ। मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू सहभागी हुनेछन्। वक्तव्य जारीको तयारी पनि गर्दैछौँ।”
परियारले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पत्रसमेत पेश गरिसकेका छन्। उनी शुक्रबार रास्वपाको सचिवालय सदस्य तथा साधारण सदस्य नरहने गरी राजीनामा दिएका थिए।







