हिंसात्मक बन्दै जेनजी आन्दोलन, मृत्यु हुनेको संख्या १७ पुग्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of हिंसात्मक बन्दै जेनजी आन्दोलन, मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौ । जेनजी आन्दोलन हिंसात्मक वनेको छ । आज भएको आन्दोलनमा १७ जनाको निधन भएको छ । ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यस्तै जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ । आन्दोलनमा कति घाइते भए भन्ने एकिन विवरण आउन सकेको छैन । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भै रहेको वताइएको छ । 

सामाजिक सञ्जाल र शासकिय ब्यथिती विरुद्ध आन्दोलित युवाहरुले शान्तिपुर्ण आन्दोलन हुने वताएपनि अन्तत् हिंसात्मक वन्न पुग्यो । माइतिघरमा भेला भएका युवाहरु वानेश्वर पुगेपछि अबस्था असहज वनेको थियो ।

आन्दोरत पक्षले निषेधआज्ञा तोड्दै संसद भवन भित्र् पस्न खोजेपछि आन्दोलन हिंसात्मक वन्न पुगेको थियो । आन्दोलन असहज वनेपछि प्रहरीले पानीको फोहोरा अश्रुग्याँस र रवरको गोली हानेको थियो । झडपका क्रममा झण्डै एक सय भन्दा वढी जेएनजीहरु घाइते भएका थिए ।

यसै विच जेनजीहरुको आन्दोलनको प्रभाव देशका प्रमुख शहरमा समेत परेको छ । पोखरा लगाएत विभिन्न जिल्लाहरुमा समेत कर्फ्यु लगाइएको छ । आन्दोलन चर्कदै गएपछि कर्फ्यु लगाइएको हो ।