मतदाता नामावली दर्ता अबधि वढाउन प्रधानमन्त्री कार्कीको आग्रह, पाँच दिन म्याद थप्न सकिने आयोगको जवाफ

User Image Prime TV News १० महिना अगाडि
Image of मतदाता नामावली दर्ता अबधि वढाउन प्रधानमन्त्री कार्कीको आग्रह, पाँच दिन म्याद थप्न सकिने आयोगको जवाफ

काठमाडौ । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि आग्रह गरेकी छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै म्याद थपका लागि आग्रह गरेकी हुन् । 

यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी गराएका थिए ।