संसद् विघटनको बिरोधमा एमालेले आज देशभर प्रर्दशन गर्दै
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेकपा एमाले आज देशका ७७ वटै जिल्लामा सडकमा उत्रिँदैछ। पार्टीले संसद् विघटनलाई खुलेआम असंवैधानिक र प्रतिगामी कदम भन्दै विरोध कार्यक्रम सुरू गरेको हो।
एमालेले दाबी गरेको घटनाक्रम राजनीतिक अराजकता जस्तै फैलिँदै गएको भन्दै यसविरुद्ध जनतालाई स्पष्ट सन्देश दिन प्रदर्शनहरू आयोजना गर्न लागिएको जनाएको छ।
यसअघि एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा भेला गरिसकेको छ। कात्तिक २२ मा ६ हजार ७४३ वडामा आयोजित भेलाले संगठनलाई फेरि आक्रामक बनाउने रणनीति अघि सारिएको थियो।
एमालेले मंसिर ६ गते काठमाडौंमा विशाल जनप्रदर्शनको घोषणा पनि गरिसकेको छ।













