मन्त्रिपरिषद् बैठक बस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । 

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।