बीबीसीविरुद्ध कानुनी लडाइँ लड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती सरकारी प्रसारण संस्था बीबीसीविरुद्ध कठोर कानुनी लडाइँ थाल्ने घोषणा गरेका छन्।
पानोरा डकुमेन्ट्रीमा उनको भाषण जानाजानी तोडमोड गरी हिंसा उक्साएको जस्तो देखाइएकाे आरोप लगाउँदै ट्रम्पले बीबीसीले माफी मागे पनि क्षतिपूर्ति दिन नमानेकाले कानुनी कारबाही अपरिहार्य भएको बताएका छन्।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा दायर गरिने उनले स्पष्ट शब्दमा चेतावनी दिए। ट्रम्पले यो प्रसंगलाई बेलायत सरकारसमक्ष पनि उठाउने बताउंदै प्रधानमन्त्री केयर स्टारमरसँग चाँडै कुरा हुने जानकारी दिए।
बीबीसीले डकुमेन्ट्रीमा प्रयोग गरिएको सम्पादन भ्रम पैदा गर्ने भएको स्वीकार गर्दै सार्वजनिक माफी त माग्यो, तर आर्थिक क्षतिपूर्ति नदिने निर्णयपछि विवाद झन् चर्किएको छ ।







