हङकङले ट्रान्जिट भिसा हटाएपछि नेपाली यात्रुहरूका लागि सहज

User Image Prime TV News १० महिना अगाडि
Image of हङकङले ट्रान्जिट भिसा हटाएपछि नेपाली यात्रुहरूका लागि सहज

काठमाडौ । हङकङ सरकारले नेपाली राहदानीधारकका लागि करिब २० वर्षदेखि लागू गर्दै आएको ट्रान्जिट भिसा अनिवार्यतामाथि अन्त्य गरिदिएको छ।

अब हङकङ हुँदै तेस्रो देश जाने वा त्यहाँबाट नेपाल फर्कने नेपाली यात्रुहरू ट्रान्जिट क्षेत्रभित्र बस्ने सर्तमा भिसा बिना नै सहज यात्रा गर्न सक्नेछन्।

सन् २००५ पछि ट्रान्जिट भिसा नलिएर हङकङ विमानस्थल पार गर्न नपाउने कठोर नियमका कारण विशेषगरी नेपाल एयरलाइन्स प्रयोग गर्ने यात्रुहरू निकै मारमा परेका थिए।

अब त्यो बाधा हटेसँगै मकाउ, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया, जापान र क्यानाडासहित दर्जनौँ मुलुकमा बस्ने नेपालीहरूलाई राष्ट्रिय ध्वजावाहक विमान चढ्न नयाँ बाटो खुलेको छ।