सङ्कटसँग जुध्न सक्ने शक्ति एमाले संग मात्र छ: महासचिव पोखरेल

User Image Prime TV News एक महिना अगाडि
Image of सङ्कटसँग जुध्न सक्ने शक्ति एमाले संग मात्र छ: महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा बढ्दो राजनीतिक अस्थिरता र हालैका हिंसात्मक घटनाबाट नडराई सामना गर्न सक्ने शक्ति एमाले मात्र भएको दाबी गरेका छन्।

जनपरिचालन अभियान अन्तर्गत नेपालगञ्जमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले एमाले संकटबाट भाग्ने होइन, त्यसमाथि ठाडो भएर जुध्ने पार्टी भएको बताए।

पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजनी कुनै आकस्मिक दंगा होइन, राज्यलाई भित्ताभित्रैबाट कमजोर पार्न खोजिएको योजनाबद्ध षड्यन्त्र भएको बताए ।

सिंहदरबार र सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमाथि गरिएको आक्रमण राज्यमाथि गरिएको खुला अपराध भएको उनको भनाइ थियो।