जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटना : माओवादी केन्द्र

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटना : माओवादी केन्द्र

काठमाडौँ । जेन–जी पुस्ताको प्रदर्शन क्रममा भएको घटनालाई दु:खद् भनेको छ । सोमबार भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठकले  जेनजी आन्दोलन हिंसात्मक वन्नु दु:खद् भएको वताएको छ । बैठकले प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

यस्तै बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।