सुरक्षा निकायवाट खोसिएका हात हतियार तथा सुरक्षा सामग्री फिर्ता गर: नेपाली सेना


काठमाडौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायवाट खोसिएका हात हतियार तथा सुरक्षा सामग्री वुझाउन अपिल गरेको छ ।
नेपाली सेनाले सुचना जारी गर्दै प्रर्दशनका क्रममा सुरक्षा निकायवाट खोसिएका हात हतियार तथा गोलीगठ्ठा फिर्ता गर्न भनेको हो । सुरक्षा निकायवाट नियन्त्रणमा लिएका हातहतियार दुरुपयोग भै जनधनको क्षेति हुनसक्ने भन्दै नेपाली सेनाले आग्रह गरेको हो ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको हातहतियार नियन्त्रण लिई प्रर्दशनकारीले काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने समूह हतियारै लिएर हिँडेको पाइएको छ । कतिपय ठाउँमा उनीहरूमाथि फायर समेत गरेका छन्। नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।