नेपाली सेनाले विभिन्न स्थानहरुवाट हातहतियार बरामद

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाली सेनाले विभिन्न स्थानहरुवाट हातहतियार बरामद

काठमाडौ । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायवाट खोसिएका हतियारहरु विभिन्न स्थानहरुवाट बरामद गरेको छ । सेनाले बुधबार बिहान विज्ञप्ति निकाले र काठमाडौं र पोखराबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको जानकारी दिएको हो ।

सेनाले काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।

साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भइरहेको सेनाले जानकारी गराएको छ ।

नेपाली सेनले बरामद गरेको हातहतियार
नेपाली सेनाले वरामद गरेको हातहतियार
नेपाली सेनाले वरामद गरेको पैसा