नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । विभिन्न घटक मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको बैठकले यस सन्देश सभाको आयोजना गर्ने योजना गर्ने निर्णय गरेको हो ।
पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरिएको पुष्टि गर्दै भने, "जहाँ कहिले सभा गर्ने भन्ने बारेमा निर्णय लिन बाँकी रहेको छ, तर हामी ९ गतेदेखि २०/२१ गतेसम्म विभिन्न प्रदेश र जिल्लामा सन्देश सभाहरू गर्नेछौं।"
उनका अनुसार, पार्टीका नेताहरूको बीचमा भएको छलफलमा सन्देश सभा गर्ने स्थान र समयका बारेमा सुझावहरू आएका छन् र अन्तिम निर्णय सोमबार बेलुकीसम्ममा गरिने बताए । आफ्नो एकता र समाजवादको निर्माणमा प्रतिबद्धताको कुरा गर्दै, नेपालको संविधानले निर्देशित समाजवादको मार्गमा अघि बढ्ने आफ्नो योजनाबारे स्पष्ट सन्देश दिन चाहेको नेताहरुले बताए ।
पार्टीका अर्का नेता बामदेव गौतमले भने, "हामीले सन्देश दिने छौं कि नेपालमा हामी समाजवाद निर्माण गर्छौं र यसले देशका जति पनि समस्याहरू छन्, तिनीहरूको समाधान गर्नेछ।" बैठकपछि, पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि समाजवादको मार्गमा अर्जुनदृष्टि बनाएर अघि बढ्ने कुरा जनाउँदै यस आयोजनालाई पार्टीको एकता र सामाजिक परिवर्तनको लागि महत्वपूर्ण कदम भएको बताए।













