कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको बिपक्षमा उभियो

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको बिपक्षमा उभियो

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धी पक्षमा जान अस्वीकार गरेको छ। विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगको भेटमा  नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा जान नसकिने बताएका हुन् ।

सभामुख घिमिरेले प्रतिनिधि सभा विघटन अस‌वैधानिक भएको भन्दै प्रमुख दलको विश्वास लिएर स‌ंसद पुर्नस्थापनको मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारीमा थिए । आजको भेटमा एमालेका प्रमुख सचेतक महेश वर्ताैला पनि सहभागी थिए ।

भेटमा घिमिरेले पार्टीको आन्तरिक विवादका कारण अहिले स‌ंसद पुर्नस्थापनामा जान नसकिने जानकारी दिएका हुन् । घिमिरेले बैठकमा भने, "पार्टीभित्र एक मत नभएकाले पुनर्स्थापनामा जान नसकिने भयो। डा. शेखर कोइराला र महामन्त्री गगन थापाको समूह पुनर्स्थापनाका पक्षमा छैनन्, त्यसैले पार्टीले यो विषयमा निर्णय नगर्ने निर्णय गरेको छ।"

घिमिरे स्वयमले का‌ग्रेस भित्र संसद पुर्नस्थापानको लागि सा‌ंसदहरुको हस्ताक्षर अभियान समेत संचालन गरेका थिए ।