यी हुन फागुनमा बिदा हुन लागेका राष्ट्रिय सभा सदस्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी फागुनमा राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल समाप्त हुँदैछ।
तीमध्ये १८ सिटमा निर्वाचन हुने छ भने राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिएपछि सो पदमा राष्ट्रपतिले नयाँ सदस्य मनोनयन गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
सरकारले रिक्त हुन लागेका १८ सिटका लागि निर्वाचन तयारी सुरु गरिसकेको छ। समाप्त हुने कार्यकालसहित दलगत हिसाबले प्रतिनिधित्व फेरिने भएकाले यो निर्वाचनले राष्ट्रिय सभामा दलहरूको सन्तुलनमा उल्लेखनीय प्रभाव पार्ने अनुमान गरिएको छ।
फागुनमा बिदा हुन लागेका सांसदमध्ये सबैभन्दा धेरै एमालेका ८ जना छन्। तीमध्ये इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीसमेत छन्।
माओवादी केन्द्रका ७ सदस्य गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवानको कार्यकाल पनि यही फागुनमा समाप्त हुँदैछ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि यसै अवधिमा सकिँदैछ।













