पूर्वसचिव अर्जुन कुमार कार्की पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वसचिव अर्जुन कुमार कार्की पक्राउ

काठमाडौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसचिव अर्जुन कुमार कार्कीलाई पक्राउ गरेको छ। नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा ठगी आरोपमा कार्कीलाइ पक्राउ गरेको हो । 

सीआईबीका अनुसार नेपाल ट्रस्टको नाममा दर्ता काठमाडौँ–१, दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने प्रक्रियामा कागजात हेरफेर गरिएको थियो। सो क्रममा सूचनामा उल्लेखित कित्ता नम्बर ४६०६ बाहेक थप कित्ता नम्बर ४६०५ समेत लिजमा दिएर तोकिएकोभन्दा बढी क्षेत्रफल उपलब्ध गराइएको आरोप छ।

२०७४ जेठ १४ मा गरिएको सम्झौतामा ३ वर्षका लागि निर्माण अवधि भनेर उल्लेख गरिएको जग्गा ३० वर्षका लागि लिजमा मिलाइदिइएको छ। सीआईबीका अनुसार यसले नेपाल ट्रस्टमार्फत राष्ट्रलाई दीर्घकालीन हानि हुने अवस्था सिर्जना गरेको छ।

यसै प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई कात्तिक २१ गते पक्राउ गरिसकिएको छ। अदालतको अनुमति लिएर पूर्वसचिव अर्जुन कुमार कार्कीलाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।