कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गते सारियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गते दिउँसो २ बजे बस्ने गरी फेरि परिवर्तन गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार, बैठक अब कांग्रेस केन्द्रीय कार्यालयमा हुने भएको छ।
पहिल्यै बैठक मंसिर १ गते बस्ने तय गरिएको थियो भने यसअघि शनिबार बस्ने भनिएको बैठक पनि मंसिर १ गते सारिएको थियो। अब मंसिर ४ गते बस्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको छ।
कांग्रेस भित्र महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा तीब्र विवाद जारी छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिरहेको चर्चा चलिरहे पनि, देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन्। देउवा स्वदेश फर्केपछि चुनावपछि महाधिवेशन गर्ने विषयमा सक्रिय भएका छन्।












