मधेस प्रदेशका ५ जना सांसदलाई तत्काल पदमुक्त नगर्न अन्तरिम आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई तत्काल पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेस प्रदेश सभामुख रामचन्द्र मण्डललाई आदेश दिएको हो। कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई पदमुक्त गरेका थिए।
पदमुक्त हुने सांसदहरूमा जसपाका मनीष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह रहेका छन्। सांसदहरूले सभामुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अदालतले सुनुवाइसम्म उनीहरूको पदमुक्ति तत्काल स्थगित गर्न आदेश दिएको छ।













