वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्री गौतमको भनाई

User Image Prime TV News एक महिना अगाडि
Image of वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्री गौतमको भनाई

काठमाडौ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

उनले अझै पनि अस्पतालमा आउने विरामीहरुको केहि गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् । अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न ध्यानाकर्षण गराउँदै मन्त्री गौतमले अस्पतालको दरवन्दी समस्या समेत समाधान गरिने बताइन् ।

सो क्रममा वीर अस्पतालका अधिकारीहरुले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० वेडको व्यवस्था गरिएको जानकारी गराएका थिए ।