नवगठित नेपाली कम्युनिस्ट पार्टीले गर्यो दल दर्ता , फागुन २१ का लागि तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of नवगठित नेपाली कम्युनिस्ट पार्टीले गर्यो दल दर्ता , फागुन २१ का लागि तयारी

काठमाडौ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।

सोमबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेको र फागुन २१ मा हुने निर्वाचनका लागि दर्ता प्रक्रिया पूरा गरेको हो। यो पार्टी तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल मिलेर कात्तिक १९ मा गठन भएको थियो।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनकालागि दल दर्ता मंसिर १ देखि १० सम्म खुला रहने समय निर्धारण गरेको थियो।