विधेयकलाई अघि बढाउन संसदीय समितिको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा समिति सदस्यहरुले उक्त विधेयकलाई अघि बढाउन सहजताका लागि सरकारलाई मस्यौदा सुझाव प्रतिवेदन दिएपनि सरकारले वेवास्ता गरेको आरोप लगाएका थिए । समिति सदस्य बामदेव गौतमले मुलुकमा ठूलो परिवर्तन आएपनि दलित समुदायको अधिकारका लागि कोहि पनि गम्भीर हुन नसकेको बरु थिचोमिचो बढ्दै गएको बताएका छन् ।
त्यस्तै अन्य सदस्यहरुले दलित समुदायका नाममा हुने बिभेद अन्त्य गर्न कानूनमा नै सुधार गर्नुपर्ने धारणा राखेका थिए ।












