पूर्व आईजीपी सर्वेन्द्र खनाल नेतृत्वको ‘सम्मुनत नेपाल पार्टी’ दल गठन
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नयाँ राजनीतिक दल गठन गरेका छन्। ‘सम्मुनत नेपाल पार्टी’ नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको पार्टीले जनाएको छ।
खनाल नेतृत्वको दलका तर्फबाट कात्तिक ३० गते राति राजबाबु यादवले आयोगमा आवश्यक कागजात पेश गरेका थिए। देश निर्माणमा सक्रिय भूमिका खेल्न र नेतृत्वको वैकल्पिक मार्ग प्रस्तुत गर्न पार्टी गठन गरिएको खनालको भनाइ छ।
खनाल अघिल्लो केही वर्षयता प्रत्यक्ष राजनीतिमा सक्रिय हुँदै आएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेबाट काठमाडौं–६ मा प्रतिस्पर्धामा उत्रिए पनि पराजित भएका थिए। त्यसपछि तनहुँ–१ को उपनिर्वाचनमा पनि उम्मेदवार बनेका खनाल पुनः विजयी हुन सकेनन्।
नयाँ दल दर्ताको प्रक्रिया अघि बढेसँगै खनाल पुनः राजनीतिक यात्रामा प्रवेश गरेका हुन् ।













