एमालेले मधेश मुख्यमन्त्री यादवलाई काम गर्न दिने माग गर्दै जनकपुरमा धर्ना

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेले मधेश मुख्यमन्त्री यादवलाई काम गर्न दिने माग गर्दै जनकपुरमा धर्ना

काठमाडौ । नेकपा एमालेका नेता–कार्यकर्ताले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिनुपर्ने माग गर्दै जनकपुरको जनकचोकमा धर्ना दिएका छन्।

धर्नामा सहभागीहरूले ‘संविधानको रक्षा गरौं’ र ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ जस्ता नारा लगाएका छन् । गत कात्तिक २४ गते संविधानको धारा १६८(३) अनुसार शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवलाई सात दलीय गठबन्धनको विरोधका कारण आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।

यता, सात दलीय गठबन्धनले सरकार गठन अवैधानिक भएको भन्दै मधेस भवन अगाडि नियमित धर्ना जारी राखेको छ। आज पनि गठबन्धनका प्रदेश सांसदहरू त्यहाँ उपस्थित छन् र विरोध जारी राखेका छन्।