कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा आएको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो।
ओपनिङ ब्याट्सम्यान प्रियांक पान्चलले ४८ बलमा ९० रन बनाउँदै टीमलाई मजबुत शुरुवात दिलाए। पान्चलले ७ चौका र ६ छक्का प्रहार गरे। पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ’डाउ सँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाट सँग ६३ रनको साझेदारी गरे। म्याक्स ओ’डाउले २० रन, मार्क वाटले १६ रन योगदान दिए।
अन्तिम समयमा पवन सर्राफ ले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन जोडे। अब चितवन राइनोजले कर्णालीले तोकेको १६७ रनको लक्ष्य पछ्याउँदै खेल जित्ने प्रयास गर्नेछ।













