राजनीतिक अन्यौलता, तत्काल समाधान गर: पेशागत सञ्जाल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राजनीतिक अन्यौलता, तत्काल समाधान गर: पेशागत सञ्जाल

काठमाडौ । पेशागत सञ्जालले जेनजी आन्दोलन पछि देशमा राजनीतिक निकासको विषयमा अन्यौलताको तत्काल समाधान खोज्न आग्रह गरेको छ ।

सञ्जालले विज्ञप्ती जारी गर्दै  संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित नहुने भन्दै शान्तिपूर्ण समाधानका लागि संबैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकाल्न आग्रह गरेको छ । 

जेनजी पुस्ताको आन्दोलनलाई सुरक्षित अवतरण गरि शान्ति र लोकतन्त्रलाई सुदृढ गर्दै लैजानु पर्नेमा जोड दिएको छ । देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको शान्तिपूर्ण आवाजलाई दबाउन  सरकारी दमन पश्चात उत्पन्न परिस्थितिका कारण देशको सरकारी, सार्वजनिक, निजि भौतिक पूर्वाधार ध्वस्त भएको जनाएको छ ।