बञ्चरेडाँडामा बुधबारदेखि फोहोर फाल्न रोक लगाउने स्थानियको घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि वर्षौंदेखि एक्लै बोझ उठाइरहेको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइट फेरि अवरुद्ध हुने निश्चितजस्तै भएको छ ।
सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा हुने स्पष्ट वाचा गरे पनि एक दिनले समय नाघ्दासम्म कुनै काम अघि नबढेपछि स्थानीयले बुधबारदेखि फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने घोषणा गरेका छन्।
उनीहरूले, “हामीलाई फेरि छलियो, अब वार कि वार हुन्छ।” निरन्तर प्रदूषण, दुर्गन्ध र स्वास्थ्य जोखिममा बसिरहेको समुदायलाई फेरि आश्वासनका नाममा झुक्याउनु केवल प्रशासनिक कमजोरी मात्र होइन, घोर अन्याय हो।
कात्तिक १६ मा मन्त्री घिसिङ स्वयं स्थानीय र जनप्रतिनिधिसँग बञ्चरेडाँडामा उपस्थित भएर १५ दिनभित्र माग पूरा गर्ने प्रतिज्ञा गरेका थिए।
तर १६ दिन बितिसक्दा पनि न जग्गा अधिग्रहणको संकेत, न क्षतिपूर्तिको प्रक्रिया, न लगाइएका मुद्दाको फिर्ता लगाएतका केही पनि प्रक्रिया अघि वढ्न नसकेको स्थानियको भनाइ छ ।













