देशभर सामान्य मौसम : काठमाडौंमा तापक्रम २२ डिग्री पुग्ने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
Prime TV News २ दिन अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै विशेष मौसम प्रणाली सक्रिय नभएको जनाएको छ। स्थिर मौसमी अवस्थाका कारण अधिकांश क्षेत्रमा मौसम खुला रहनेछ।
महाशाखाका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिनेछ। कोशी प्रदेशका हिमाली ऊचाइमा रहेका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ। काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। बिहान ५:३० बजे उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ। उपत्यकामा बिहान–साँझ चिसो क्रमशः बढ्दै गएको छ। आज सूर्योदय ६:२७ बजे भएको थियो भने सूर्यास्त साँझ ५:१० बजे हुनेछ। विभागले यात्रा तथा बाहिरी गतिविधि सहज रहने परिस्थितिको संकेत गर्दै हिमाली क्षेत्रमा जानेहरूलाई भने सावधानी अपनाउन सुझाव दिएको छ ।













