आगामी चुनावबारे प्रधानमन्त्री कार्कीको पहल, निर्वाचन आयोगमा दर्ता भएका दलहरु संग छलफल गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of आगामी चुनावबारे प्रधानमन्त्री कार्कीको पहल, निर्वाचन आयोगमा दर्ता भएका दलहरु संग छलफल गर्दै

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेताहरूसँग आज अपराह्न ४ बजे छलफल गर्ने भएकी छन् ।

फागुन २१ मा निर्धारित प्रतिनिधि सभा चुनावको तयारी चलिरहँदा दल दर्तादेखि उम्मेदवारी प्रक्रियासम्म अनेक प्रश्न उठिरहेको समयमा सरकारले एकै ठाउँमा सबैलाई बसालेर निर्वाचनबारे स्पष्ट संदेश दिन खोजेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले बैठकको उद्देश्य चुनावमा सबैको सहभागिता सुनिश्चित गर्न औपचारिक अपिल र आवश्यक समन्वय रहेको जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा रहेका दलहरूसँग छुट्टै छलफल गरिसकेकी थिइन्। त्यही क्रममा उनले जेनजी पुस्ताका प्रतिनिधिसँग पनि भेटघाट गरी उनीहरूको अपेक्षा, असन्तुष्टि र सहभागिता बढाउने उपायबारे कुराकानी गरेकी थिइन्।