संविधान रक्षाकोमाग गर्दै राजनीतिक दलका कार्यकर्ता सडकमा


काठमाडौ । संविधानको रक्षाको माग गर्दै नेपाली कांग्रेस,नेकपा एमाले र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता सडकमा उत्रेका छन् । जेनजी आन्दोलन पछि संवैधानिक ब्यवस्था विपरित अन्तरिम सरकार वनाउने र संवैधानिक संकट निम्त्याउने प्रयास भएको भन्दै उनीहरु सडकमा उत्रेका हुन् ।
जेनजी पुस्ताको माग सम्बोधन संवैधानिक ब्यवास्था भित्रबाटै खोजिनु पर्ने उनीहरुको भनाई छ । गणतान्त्रिक ब्यवस्था मास्ने प्रयास भै रहेको भन्दै उनीहरुले खवरदारी गरेका छन् । जेनजी आन्दोलन पछि अहिले राजनीतिक अस्थिरता र अन्यौलता देखिएको छ ।
जेनजी आन्दोलनकारीहरुले अन्तरिम सरकार गठनकालागि पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीको नाम अघि सारेका छन् । यध्यपी नेपाली सेनाले राजनीतिक सहजताकोलागि विभिन्न पक्षसंग वार्ता गरि रहेको छ । विशेष गरि जेनजी आन्दोलन शासकिय सुधारकालागि भएपनि नेपाली सेनाले दुर्गा प्रसाई लगाएतका ब्यक्तिहरु संग अन्तरिम सरकार गठनको बिषयमा छलफल गरेपछि राजनीतिक दलका नेता तथा कार्यकर्ताले आशंका ब्यक्त गरेका हुन् ।
संवैधानिक ब्यवस्था अनुसार राष्ट्रपतिले राजनीतिक निकासकालागि संवाद् गर्नुको सट्टा सेनाले विभिन्न समुहसंग वार्ता जारी राखेपछि राजनीतिक दलका नेताहरुले पनि संवैधानिक ब्यवस्था अनुसार नै समाधान खोज्न अपिल गरेका छन् । संवैधानिक ब्यवस्था अनुसार अहिलेको राजनीतिक संकट समाधान नभए देश थप संकटमा पुग्ने उनीहरुको भनाई छ ।