निषेधको राजनीति नगर्न महामन्त्री शर्माको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै बारामा भएको निषेध घटनालाई लिएर राजनीतिक दलहरूलाई निषेधको राजनीतिमा नलाग्न आग्रह गरेका छन्।
महामन्त्री शर्माले सिमराको घटनालाई जेनजी पुस्ताको भावना नभई दुरुपयोग भएको बताउँदै सामाजिक सञ्जालमा लेखेका छन् । शर्माले भनेका छन्, “सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं।”
उनले भ्रमणको वातावरण नबनाएसम्म चुनाव सम्पन्न नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन्। महामन्त्री शर्माले सिमरा घटनालाई दुःखद् घटनाको रूपमा मूल्याङ्कन गरेका छन्।












