प्रधानमन्त्री कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषद् बैठक
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्रिय सुरक्षा परिषद्को विशेष बैठक बोलाएकी छिन्।
बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ। बैठक बाराको सिमरामा उत्पन्न अस्थिर परिस्थितिका साथै निर्वाचनको तयारी बारे छलफल गर्न बोलाइएको जनाइएको छ।
यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो। यस अघि गृहमन्त्रालयले निर्वाचनको लागि एकीकृत सुरक्षा रणनीति तयार पारि सकेको छ ।
सुरक्षा परिषद्को यस बैठकले परिस्थितिको मूल्यांकन गरी आवश्यक निर्णय लिने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।












