सिमरा विमानस्थल र जीतपुर-सिमरा क्षेत्रमा आज पनि कर्फ्यु

User Image Prime TV News एक महिना अगाडि
Image of सिमरा विमानस्थल र जीतपुर-सिमरा क्षेत्रमा आज पनि कर्फ्यु

काठमाडौ । जिल्ला प्रशासन कार्यालय बाराले आज सिमरा विमानस्थल र जीतपुर–सिमरा आसपास क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम कर्फ्यु लागू गरिएको हो।

यस क्रममा वीरगन्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्मको राजमार्गको दायाँ-बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र कर्फ्युको अन्तर्गत पर्नेछ । 

जिल्ला प्रशासनले कर्फ्यु जारी गर्नुको कारण जेनजी युवाहरूको प्रदर्शन, जनधनको सुरक्षा र परिस्थिति बिग्रन नदिन रहेको जनाएको छ। बुधबार पनि सोही क्षेत्रमा प्रदर्शन बढेपछि कर्फ्यु लागू गरिएको थियो। प्रदर्शनका कारण सिमरा विमानस्थलमा हवाई उडान प्रभावित भएको थियो भने एमाले नेताहरूको बारा भ्रमण कार्यक्रम रद्द भएको थियो।

जिल्ला प्रशासनले स्थानीय बासिन्दाहरूलाई कर्फ्युको पालना गर्न आग्रह गर्दै नागरिक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग गर्न अपिल समेत गरेको छ ।