राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै २३ जेनजी समूहले भने,सुशीला कार्कीलाई फिर्ता बोलाउने विकल्प अपनाउन सकिन्छ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा जेनजी समूहहरूले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार केवल चुनावमा केन्द्रित भएको गुनासो गरेका छन्। उनीहरूले विद्रोह र शहादत केवल चुनावको लागि नभएकोले सरकारले घाइते र शहिद परिवारका माग तुरुन्त सम्बोधन गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझाउने समूहमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसिएसन, जेनजी वाई युनाइटेड लगायत २३ समूह रहेका छन्। ज्ञापनपत्रमा यदि सरकारले माग पूरा नगरे तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउने विकल्प अपनाउन सकिने चेतावनी पनि दिएका छन्ए ।













