पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै

User Image Prime TV News ३ महिना अगाडि
Image of पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ बजेबाट सुरु हुनेछ।

पोखरा एभेन्जर्स कुशल भुर्तेलको कप्तानीमा उत्रिँदैछ भने सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन्। दुवै टोलीले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन्।

पहिलो खेलमा पोखरा एभेन्जर्स विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। ब्याटिङ र बलिङ दुवै विभागमा कमजोर प्रदर्शन गरेको पोखरा आज पुनरागमन गर्ने लक्ष्यमा छ।

टोलीमा आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री तथा विदेशी विकेटकिपर एडम रोसिङ्टन मुख्य खेलाडीका रूपमा रहेका छन्।

सुदूरपश्चिम रोयल्स भने पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगिताको उत्कृष्ट सुरुवात गरिसकेको छ।

टोलीमा क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी तथा बलर अविनाश बोहराको उपस्थितिले टोली मजबुत देखिन्छ।