एमाले नेसनल भोलिन्टियर फोर्स गठन गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले नेसनल भोलिन्टियर फोर्स गठन गर्दै

काठमाडौ । नेकपा एमाले नेसनल भोलिन्टियर फोर्स गठनको घोषणा गर्ने भएको छ ।

बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्स गठनको घोषणा गर्ने बताइएको छ ।आजको गतिविधिलाइ एमालेले शक्ति प्रदर्शनका रूपमा लिएको जनाएको छ ।

एमालेले यसबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई औपचारिक पत्र पठाइसकेको छ। तर प्रशासनिक निर्णय भने अझै स्पष्ट छैन।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार आवेदन आएको भए पनि अनुमति दिने वा नदिने विषयमा छलफल जारी छ।

उता, एमालेले शनिबार प्रदर्शनीमार्गमा बागमती प्रदेश कमिटीको आयोजनामा अर्को ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। सो दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा हुने बताइएको छ ।